सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार राष्ट्रपति पौडेलसँग भेटका लागि सभापति लामिछाने शीतल निवास पुगेका हुन्।
राष्ट्रपति र लामिछानेबीच सरकारको कामकारबाही, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
यसअघि बिहीबार लामिछानेको निवासमा उनी र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच करिब पाँच घण्टा लामो छलफल भएको थियो।
यसैबीच, प्रधानमन्त्री शाहले भारत भ्रमणमा जानुअघि राष्ट्रपति पौडेललाई भ्रमणबारे जानकारी नगराएको र स्वदेश फर्किएपछि पनि हालसम्म भेटेर भ्रमणको विवरणबारे औपचारिक जानकारी नदिएको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस