२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

कोसी र मधेसका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आइतवार, मंसिर ७ २०८३०७:०१

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका केही स्थानमा बादल लाग्नुका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोसी प्रदेशसहित देशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आइतबार (मंसिर ६) दिउँसो मधेस र कोसी प्रदेशका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोसी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, राति देशका हिमाली भू–भाग, कोसी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij