२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

ट्रम्प, पुटिन र सी चिनफिङबीच अर्को साता चीनमा त्रिपक्षीय भेटवार्ता हुने

शनिवार, कार्तिक २९ २०८३०३:४५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्को साता चीनमा त्रिपक्षीय भेटवार्ता हुने भएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्जेन सहरमा तीन नेताबीच भेटवार्ता हुने जानकारी दिएकी हुन् ।

भेटवार्तामा विश्वव्यापी आणविक हतियार नियन्त्रण र यसको विस्तार रोक्ने विषयमा छलफल हुने बताइएको छ । इरानको विषयले पनि प्राथमिकता पाउन सक्ने भए पनि युक्रेन युद्धबारे भने छलफल नहुने अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि, यस भेटबाट तत्काल कुनै सम्झौता हुने अपेक्षा गरिएको छैन ।

अमेरिका र रुसबीचको आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धि गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई ठूला आणविक शक्तिबीच नयाँ सम्झौताको आवश्यकता बढेको छ । राष्ट्रपति ट्रम्पले चीनलाई समेत समेटेर नयाँ सम्झौता गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

यसैबीच, चीन र रुसबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध पछिल्ला वर्षहरूमा थप निकट बनेको छ । तीन शक्तिशाली मुलुकका नेताबीच हुन लागेको यस भेटवार्तालाई विश्व राजनीति र आणविक हतियार नियन्त्रणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij