दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न पाँच विधाका खेल सञ्चालन हुने भएका छन्।
प्रतियोगिताको कार्यक्रमअनुसार सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबलका प्रतिस्पर्धा हुनेछन्। त्यस्तै, बाँकेको नेपालगन्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता आयोजना गरिनेछ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस