२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

बिमा गर्न नसक्ने नागरिकको जिम्मा राज्यले लिनुपर्छ : कानुनमन्त्री गौतम

मंगलवार, मंसिर ९ २०८३०६:०६

कानुनमन्त्री सोविता गौतमले स्वास्थ्य बिमामा आर्थिक योगदान गर्न नसक्ने नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने बताएकी छन्। बिरामी भएर अस्पताल पुग्दा प्रत्येक नागरिकले सहज रूपमा स्वास्थ्य बिमाको सुविधा पाउने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

मंगलबार (मंसिर ८) मन्त्रालयमा आयोजित स्वास्थ्य बिमासम्बन्धी छलफलमा मन्त्री गौतमले नागरिकका गुनासा सम्बोधन गर्दै सबैलाई बिमाको पहुँचमा ल्याउने गरी विद्यमान कार्यक्रम सुधार गर्नुपर्नेमा जोड दिइन्।

उनले परिवारमा कोही बिरामी पर्दा उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता नागरिकले लिनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताइन्। प्रत्येक नागरिकले आवश्यक परेको समयमा स्वास्थ्य बिमामार्फत उपचार पाउनेमा विश्वस्त हुन सक्ने व्यवस्था नै सुधारको मुख्य प्राथमिकता हुनुपर्ने उनको धारणा थियो।

मन्त्री गौतमले स्वास्थ्य बिमाअन्तर्गत उपचार सेवा प्रभावकारी बनाउन सरकारी अस्पतालको सञ्जाल विस्तार र निजी अस्पतालसँगको सहकार्यबारे पनि चासो राखेकी थिइन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बिमा बोर्ड र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।

छलफलमा हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा बोर्डको योगदान संकलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावसमेत अघि सारिएको थियो।

ती तीनवटै निकायलाई एकीकृत गर्न विद्यमान कानुन संशोधन गरी एउटै प्रणालीमा जोड्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुई कानुनी विकल्पमाथि छलफल भएको छ।

स्वास्थ्य बिमाको पहुँच विस्तार, सेवा प्रवाहमा सहजता र योगदान तथा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij