ओखलढुंगामा बोलेरो जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। सोमबार बिहान करिब ७ः१५ बजे सिद्धिचरण नगरपालिका–२ स्थित खनेखर्कमा निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना भएको हो।
प्रहरीका अनुसार निशंखेबाट सिद्धिचरण नगरपालिका–८, लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका दर्शनार्थी सवार प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको थियो।
दुर्घटनामा नौजना घाइते भएका छन्। उनीहरू सबै सिद्धिचरण नगरपालिका–२ का स्थानीय रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
युवराज भण्डारी
प्रतिक्रिया दिनुहोस