२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

झुम्का कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका कैदी पाँच महिनापछि पक्राउ

आइतवार, मंसिर ७ २०८३०८:३९

सुनसरीको झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका–१ का ३० वर्षीय भरतलाल मेहता रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार रामधुनी नगरपालिका–५ स्थित शिवचोकबाट नियन्त्रणमा लिएको हो।

सुनसरी जिल्ला अदालतले २०८१ असार ३० गते जबरजस्ती करणी मुद्दामा मेहतालाई १० वर्ष कैद सजाय सुनाएको थियो। उक्त सजायमध्ये पाँच वर्ष तीन महिना कैद भुक्तान गरिसकेका उनी २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।

कारागारबाट फरार भएपछि पक्राउ परेका मेहताले अब चार वर्ष नौ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका मेहतालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनलाई पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij