२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी मन्त्री विराजभक्त श्रेष्ठलाई

आइतवार, मंसिर ७ २०८३०६:२२

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई तोकेका छन्।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने गरी जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको दुईदिने राजकीय भ्रमणमा रहेका छन्। उनको अनुपस्थितिमा सरकारका दैनिक प्रशासनिक कामकारबाही प्रभावित नहुन् भन्ने उद्देश्यले मन्त्री श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij