२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

प्रधानमन्त्री बालेनलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर होटलमै पुगे

आइतवार, मंसिर ७ २०८३०६:१९

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री बालेन बसेको होटलमा विदेशमन्त्री जयशंकर भेटका लागि पुगेका हुन्।

भारतको दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन आइतबार नयाँ दिल्ली आइपुगेका हुन्। उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै (वन अन वन) भेटवार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक बैठक आयोजना गरिने कार्यक्रम छ।

प्रतिनिधिमण्डलस्तरीय बैठकपछि नेपाल र भारतबीच विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुनेछ। त्यसलगत्तै दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङमा सहभागी हुनेछन्।

प्रधानमन्त्री बालेनले सोमबार नै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ। भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी उनी सोमबार साँझ स्वदेश फर्किने कार्यतालिका छ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij