दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा बुवाले बन्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का एक छोरा घाइते भएका छन् ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान घरायसी विवादका क्रममा परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गरेका थिए ।
उनको प्रहारबाट १२ वर्षीय छोरा तपेन्द्र सलामी र तीन वर्षीया छोरी करिश्मा सलामी गम्भीर घाइते भएका थिए । उपचारका लागि दुल्लु नगर अस्पताल पुर्याइएका दुवै बालबालिकालाई चिकित्सकले बिहान ११ः१० बजे मृत घोषणा गरेका हुन् ।
घटनामा अम्बरकी ३५ वर्षीया श्रीमती मनिषा सलामी र ६ वर्षीय छोरा मिलन सलामी पनि घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ ।
घरायसी विवादका क्रममा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस