२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

अब नेपाल रेडक्रसको सदस्यता मोबाइल एपबाटै लिन सकिने

शनिवार, मंसिर ६ २०८३१२:१६

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको सदस्यता अब मोबाइल एपमार्फत अनलाइनबाटै लिन सकिने भएको छ । यसका लागि मोबाइलको प्लेस्टोरमा गएर ‘एनआरसीएस’ एप डाउनलोड गरी सदस्यता लिन सकिने व्यवस्था मिलाइएको हो ।

सदस्यता प्राप्त गर्ने प्रक्रिया सहज नभएको भन्दै लामो समयदेखि हुँदै आएको गुनासोलाई सम्बोधन गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए ।

नयाँ व्यवस्थाले सदस्यता लिन रेडक्रसका कार्यालय धाउनुपर्ने बाध्यता हटेको उल्लेख गर्दै अध्यक्ष भण्डारीले भने, ‘अब सदस्यता लिनका लागि रेडक्रसका कार्यालयहरू धाइरहनुपर्ने बाध्यता हटेको छ ।’

उनका अनुसार मोबाइल एपबाटै सदस्यता फारम भरी तोकिएका सर्त पूरा गरेपछि डिजिटल परिचयपत्र र प्रमाणपत्रसमेत प्राप्त गर्न सकिनेछ । यसअघि सदस्यता लिइसकेका व्यक्तिहरूले पनि अनलाइन प्रणालीमा आफ्नो सदस्यता अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल रेडक्रस सोसाइटीको सदस्यता वितरण प्रक्रियालाई पारदर्शी र सहज बनाउन तदर्थ समितिलाई कार्यसर्त दिएको थियो । सोहीअनुरूप सोसाइटीले अनलाइन सदस्यता प्रणाली सुरु गरेको हो ।

अनलाइनमार्फत नयाँ सदस्यता लिन वा पुरानो सदस्यता अध्यावधिक गर्ने क्रममा समस्या आएमा तथा थप जानकारी आवश्यक भएमा नेपाल रेडक्रस सोसाइटीमा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij