२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

साझा सहमतिका आधारमा निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी

शुक्रवार, मंसिर ५ २०८३०६:४२

निर्वाचन आयोगले सबै सरोकारवालाको सहमतिअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ।

शुक्रबार प्रमुख राजनीतिक दलहरूसँग भएको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँ निर्णायक निकायभन्दा पनि सहजकर्ता र समन्वयकर्ताको भूमिकामा रहने स्पष्ट पारे। उनले सरोकारवालासँग समन्वय गरी साझा सहमतिका आधारमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिने बताए।

निर्वाचनको मिति घोषणाबारे अहिले नै निष्कर्षमा पुग्न हतार हुने उनको भनाइ छ।

संघ र प्रदेशसभाको निर्वाचन एकैपटक तथा स्थानीय तहको निर्वाचन अलग समयमा गर्ने परिकल्पनाअनुसार संवैधानिक र कानुनी व्यवस्था गरिएको भए पनि गत वर्ष विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएकाले निर्धारित निर्वाचन तालिकामा फेरबदल आएको उनले बताए।

संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ। सोहीअनुसार राजनीतिक दलहरूबाट प्राप्त सुझाव र पृष्ठपोषणका आधारमा आयोगले सरकारलाई आवश्यक परामर्श उपलब्ध गराउने प्रवक्ता भट्टराईले बताए।

उनले निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउने उद्देश्यले स्थापित संवैधानिक निकाय भएकाले आवश्यक तयारीसहित निर्वाचन गराउन आयोग तयार रहेको पनि स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij