२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

राष्ट्रिय भेलामा अनुशासन कायम गर्न ओलीको निर्देशन : ‘एमालेको भेला हाटबजार जस्तो होइन’

बिहिवार, मंसिर ४ २०८३१०:३३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा पार्टीका नेता तथा कार्यकर्तामा अनुशासनको कमजोरी देखिएको भन्दै असन्तुष्टि जनाएका छन्।

राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले भेलाको गरिमा कायम राख्न सहभागी नेता तथा कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन दिएका हुन्।

उनले एमालेजस्तो अनुशासित पार्टीको राष्ट्रिय भेला पनि सोहीअनुसार मर्यादित र व्यवस्थित हुनुपर्ने बताए।

बुधबार भएको उद्घाटन तथा बन्दसत्रका क्रममा सहभागीहरू बीचमै हलबाट बाहिरिएको र अनधिकृत व्यक्तिहरूले समेत प्रवेश पाएको भन्दै ओलीले आज सहभागी तथा स्वयंसेवकलाई अनुशासन कडाइका साथ पालना गर्न निर्देशन दिएका हुन्।

‘भेलालाई भेला जस्तो बनाउनुपर्छ। हिजो अन्तिममा फाट्टफुट्ट साथीहरू मात्रै थिए। घरका मान्छेहरूले सोधे भने के गर्ने होला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ। उहाँहरूको अनुमतिमा जानुहोला। शौचका लागि नजिकै शौचालयमा जानुहोला। कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो,’ उनले भने।

उनले पार्टीको राष्ट्रिय भेलालाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिँदै भने, ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij