नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आजदेखि मङ्सिर १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।
विद्युत् प्राधिकरणले बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने जनाएको छ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विभिन्न मिति र फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।
वितरण लाइन भूमिगत गर्ने कार्य सम्पन्न भएपछि विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस