२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

मंगलवार, मंसिर २ २०८३०८:१७

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

मङ्गलबार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने पाँच जनाको विवरण खुल्न बाँकी छ।

पहिचान खुलेका घाइतेमा धनुषाको शहीदनगर नगरपालिका–८ का सवारी चालक दीपक कुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानी कुमारी मण्डल तथा शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन्।

त्यसैगरी, ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह र उनका तीन छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार कार्य सञ्चालन गरेको जनाएको छ।

बाँकी पाँच जना घाइतेको पहिचान खुलाउने काम भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij