बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ। निगरानीका लागि ड्रोन र बडी क्यामेरा प्रयोग गरिएको छ भने सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।
हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन्। पार्टी प्रतिबन्धित रहेकाले समर्थकहरूले गर्ने प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै आएको समाचारमा उल्लेख छ।
यसैबीच, कानुनमन्त्री मोहम्मद असदुज्जमानले हसिना कानुनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बङ्गलादेश फर्कने बताएका छन्। मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी हसिनाले फैसलाविरुद्ध अपिल गर्न पाउने ३० दिने समयसीमा सकिएपछि उनका कानुनी विकल्प सीमित हुने मन्त्रीको भनाइ छ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो। उक्त फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो।
प्रतिक्रिया दिनुहोस