नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा स्थानीय तहलाई बलियो बनाउने कामको नेतृत्व एमालेले गरेको दाबी गरेका छन्।
सोमबार राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तह अहिले बलियो हुनु एमालेको निरन्तर प्रयासको परिणाम भएको बताएका हुन्।
‘नेपालमा स्थानीय तह बलियो बनाउने कुराको फाउन्डर नै एमाले हो। आज स्थानीय तह किन बलिया भएका छन् भन्दा एमालेको निरन्तर प्रयत्नको परिणाम हो,’ पोखरेलले भने।
उनले २०५४ सालमा कानुन सुधार गर्ने प्रक्रियादेखि संविधान निर्माणका क्रममा स्थानीय तहका अधिकारको सूची तयार पार्नेसम्मका काममा एमालेले नेतृत्व गरेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस