२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

भारत, चीन र इजरायलका लागि नयाँ नेपाली राजदूत नियुक्त

सोमवार, मंसिर १ २०८३१२:४९

राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नयाँ नेपाली राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार सोमबार (कात्तिक ३०) डा. निश्चलनाथ पाण्डेलाई भारत, डा. कल्याणराज शर्मालाई चीन र सुरेशकुमार कर्णलाई इजरायलका लागि आवासीय नेपाली राजदूत नियुक्त गरिएको हो ।

नवनियुक्त तीनै जना राजदूतले सोमबारै शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सरकारले यस वर्ष असोज पहिलो साता १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइका क्रममा दुई जनाको नाम अस्वीकृत भएको थियो भने विवादमा तानिएपछि एक जनाले आफ्नो नाम फिर्ता लिएका थिए ।

संसदीय सुनुवाइबाट अनुमोदन भएका १० जनाको नाममा सम्बन्धित मुलुकबाट एग्रिमो (सहमतिपत्र) प्राप्त गर्न परराष्ट्र मन्त्रालयले प्रक्रिया अघि बढाएको थियो ।

तीमध्ये भारत, चीन र इजरायलका लागि सिफारिस गरिएका राजदूतको एग्रिमो स्वीकृत भएर आएपछि उनीहरूलाई नियुक्त गरी शपथ गराइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij