मकवानपुर । मकवानपुरमा प्रहरीले ६ किलो ४० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।
प्रहरीका अनुसार सोमबार (कात्तिक ३० गते) बिहान करिब १ः४५ बजे मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ प्रहरी चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरी टोलीले बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जीप रोकेर जाँच गर्दा ६ किलो ४० ग्राम चरेस फेला परेको थियो।
उक्त लागुऔषध बरामद गरेपछि जीप चालक श्रेष्ठ र उनीसँगै रहेकी काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस