वीरगञ्ज । सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगेर मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
सोमबार स्मारकमा पुष्पहार अर्पण गर्दै उनले मधेश आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गरेका हुन्।
श्रद्धाञ्जली अर्पणपछि सभामुख अर्यालले सहिदहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माण गर्ने संकल्पलाई सबैले आत्मसात् गर्नुपर्ने बताए।
‘सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई सबैले आत्मसात् गर्नुपर्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस