२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

पार्टी र सरकारबीच कुनै मतभिन्नता छैन : रास्वपा महामन्त्री आचार्य

आइतवार, कार्तिक ३० २०८३०२:५१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार चीन जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति असन्तुष्टि भए फरक मत राख्दै प्रश्न उठाउनुलाई विरोधका रूपमा बुझ्न नहुने बताएका हुन् ।

पार्टी वा सरकारले गलत दिशा लिएको अवस्थामा सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक प्रक्रिया भएको उनको भनाइ थियो ।

रास्वपा सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदय भएको पार्टी भएकाले यसका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने आचार्यले बताए । राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै उनले सुशासनका विषयमा पार्टी सधैँ सरकारको साथमा रहने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij