२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

३.५ किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आइतवार, कार्तिक ३० २०८३०१:११

भारतको दिल्लीबाट नेपाल आएका एक भारतीय नागरिक ३.५ किलोग्राम थाई गाँजासहित पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश निवासी २२ वर्षीय सलमान रहेका छन्। उनलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

विमानस्थलमा शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा प्रहरीले उनको झोला जाँच गरेको थियो। जाँचका क्रममा प्लास्टिकको प्याकेटमा लुकाएर राखिएको ३.५ किलोग्राम थाई गाँजा फेला परेको ब्युरोले जनाएको छ।

प्रहरीले सलमानको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ।

पक्राउ परेका उनीमाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij