२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

धरानमा करिब ४८ किलो शंकास्पद विस्फोटक पदार्थसहित तीन जना पक्राउ

शनिवार, कार्तिक २२ २०८३०५:११

सुनसरी । सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुन सक्ने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले ४७ किलो ८७० ग्राम शंकास्पद पदार्थ बरामद गरेको हो ।

पक्राउ पर्नेमा मिनी ट्रक चालक मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार शाह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कात्तिक राजवंशी रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईका अनुसार इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्दा भन्सार छली ल्याइएका सामानसँगै जुटको बोराभित्र प्याकिङ गरिएको अवस्थामा उक्त पदार्थ फेला परेको थियो ।

प्रारम्भिक रूपमा पोटासियम नाइट्रेटजस्तो देखिएपछि बरामद पदार्थको नमुना परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी, काठमाडौं पठाइएको थियो ।

प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा नमुनामा पोटासियम आयन र नाइट्रेट आयन फेला परेको उल्लेख छ ।

प्रहरीका अनुसार कात्तिक १० गते बरामद गरिएको उक्त पदार्थको परीक्षण प्रतिवेदन प्राप्त भएपछि शनिबार घटनाबारे सार्वजनिक गरिएको हो ।

घटनामा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुन सक्ने देखिएकाले थप अनुसन्धान अघि बढाइएको डीएसपी राईले जानकारी दिए ।

बरामद पदार्थको स्रोत, ओसारपसारको उद्देश्य तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij