२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

शिक्षा र प्रविधिले नेपाल–जापान सम्बन्ध थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

बिहिवार, कार्तिक २० २०८३१२:१६

परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको बताएका छन्।

साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले शिक्षा र शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबीच सबैभन्दा बलियो र दीर्घकालीन बन्न सक्ने बताए।

नेपालको विकास यात्रामा जापानको आर्थिक रूपान्तरण र प्राविधिक प्रगतिले प्रेरणा प्रदान गरेको उल्लेख गर्दै मन्त्री खनालले पछिल्लो सात दशकदेखि जापान नेपालको विश्वासिलो विकास साझेदारका रूपमा रहँदै आएको बताए।

उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् उत्थानशीलता र मानव संशाधन विकासका क्षेत्रमा जापानले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

परराष्ट्रमन्त्री खनालका अनुसार हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन्। गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीतर्फ नेपाली दोस्रो ठूलो समूहका रूपमा रहेका उनले जानकारी दिए।

जापानमा अध्ययन गरेका हजारौँ नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा पेसाकर्मीले स्वदेश फर्किएर नेपालको संस्थागत विकास, उद्योग र समुदायमा योगदान पुर्‍याइरहेको पनि उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij