प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत जाने भएका छन्।
आईजीपीमा पुनर्बहालीको मागसहित रिट दायर गर्ने विषयमा कार्कीले बुधबार दिउँसो कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए। उनीनिकट एक कानुन व्यवसायीका अनुसार बुधबार समय अभावका कारण रिट दर्ता गर्न नसकिएपछि आज सर्वोच्च जाने तयारी गरिएको हो।
मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरेपछि उक्त निर्णयविरुद्ध कानुनी चुनौती दिने तयारी गरिएको हो।
सरकारले कार्कीलाई पदमुक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस