२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच शिष्टाचार भेट

बुधवार, कार्तिक १९ २०८३१२:२६

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

दुईदिने भ्रमणका लागि आज नेपाल आएका विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भेटमा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने तथा सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

भेटवार्तामा दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह मंसिरको पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी नेपाल र भारतका परराष्ट्र मन्त्रालयले गरिरहेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री शाह र भारतीय पक्षबीचको भेटवार्तापछि द्विपक्षीय सहमतिका आधारमा भ्रमणको मिति तय गर्ने तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij