२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

परराष्ट्रमन्त्री खनाल र ईयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच भेटवार्ता

मंगलवार, कार्तिक १८ २०८३०३:३६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई दिँदै सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेटका क्रममा दुवै पक्षबीच नेपाल र युरोपेली संघको आपसी हित तथा साझा चासोका विविध विषयमा विचार आदानप्रदान भएको थियो।

त्यस अवसरमा नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यका क्षेत्र विस्तार गर्दै सम्बन्धलाई अझ गहिरो बनाउने उपायबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij