काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जनाको नाम सर्टलिस्टमा राख्दै कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको छ।
अर्थ मन्त्रालयका अनुसार उक्त पदका लागि एक दर्जन आवेदन परेकोमा सात जनाको आवेदन अस्वीकृत भएको छ। तोकिएअनुसार आवश्यक कागजात पेस नगरेका आवेदकको नाम अस्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।
सर्टलिस्टमा पर्नेमा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा रहेका छन्।
उनीहरूले व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। प्रस्तुत कार्ययोजनामाथि रणनीतिक छलफल गर्नुका साथै उम्मेदवारहरूको अन्तर्वार्तासमेत लिइनेछ।
यसका लागि आगामी मंसिर ५ र ६ गतेको मिति तय गरिएको छ। कार्ययोजना प्रस्तुति, रणनीतिक छलफल तथा अन्तर्वार्ता लोकसेवा आयोगको कार्यालयमा हुने मन्त्रालयले जनाएको छ।
यसैबीच, आवेदन दिएका दीप्ता साह, ऋतु प्रधान, सुमनकुमार वैद्य, प्रबुद्ध दाहाल, डा. होमनाथ गैरे, दिनेश दुलाल र दिलीपराज पौडेलको नाम भने अस्वीकृत भएको छ।
प्रतिक्रिया दिनुहोस