२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

जर्मनीमा बाल रोग विशेषज्ञमाथि ७० भन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहारको आरोप

मंगलवार, कार्तिक १८ २०८३१०:३२

काठमाडौँ । पूर्वी जर्मनीका एक बाल रोग विशेषज्ञमाथि एक दशकभन्दा बढी समयदेखि ७० भन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोमबारदेखि मुद्दा चलाइएको छ।

सन् २०१३ देखि २०२५ सम्म पूर्वी जर्मनीका नौएन र राथेनो शहरस्थित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहँदा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा ४६ वर्षीय चिकित्सकमाथि १३० भन्दा बढी आपराधिक अभियोग दर्ता गरिएको छ।

करिब एक वर्षअघि एक बालककी आमाले शंकास्पद दुर्व्यवहारबारे उजुरी दिएपछि ती चिकित्सक पक्राउ परेका थिए।

अभियोजकहरूका अनुसार चिकित्सकका विद्युतीय उपकरणहरू खानतलासी गर्दा थप आपराधिक गतिविधिसँग सम्बन्धित दृश्य प्रमाण फेला परेका थिए। पक्राउ परेयता उनलाई पुर्पक्षका लागि हिरासतमा राखिएको छ।

बर्लिन नजिकैको पोट्सडाम शहरस्थित अदालतमा सुरु भएको उक्त मुद्दाको सुनुवाइ आगामी डिसेम्बरसम्म चल्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij