२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्यान्डसँग सहकार्यको प्रस्ताव

सोमवार, कार्तिक १७ २०८३०३:५१

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्यान्डसँग सहकार्यको प्रस्ताव राखेका छन्।

सोमबार स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजसँग भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गरेका हुन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले स्विट्जरल्यान्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनी रहेकाले नेपालमा पनि त्यस्ता उद्योग स्थापना गर्न सहयोगको प्रस्ताव राखेको बताए। नेपालमै औषधि उत्पादन गर्न सके नेपाली नागरिकले सहुलियत दरमा औषधि प्राप्त गर्न सक्ने उनको भनाइ थियो।

दाहालका अनुसार स्विट्जरल्यान्डका अध्यक्ष पेजले नेपाललाई आवश्यक पर्ने औषधि तथा अन्य सहयोगका विषयमा जानकारी गराउन आग्रह गर्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

भेटका क्रममा अध्यक्ष दाहालले हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि स्विट्जरल्यान्डले २० लाख अमेरिकी डलर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। उनले नेपाललाई विकास साझेदारका रूपमा स्विट्जरल्यान्डले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

यसैगरी, नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा दुवै पक्षले शुभकामना आदानप्रदान गरेका थिए।

भेटमा दुई देशबीच संसदीय मैत्री समूह गठन गर्ने विषयमा समेत छलफल भएको दाहालले जानकारी दिए। स्विट्जरल्यान्डका अध्यक्ष पेजले पनि आफ्नो देशमा संसदीय मैत्री समूह गठन गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

संसदीय मैत्री समूहको माध्यमबाट दुवै देशका संसदीय अभ्यास आदानप्रदान गर्ने र आपसी सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको दाहालको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij