२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

इरानमाथि अमेरिकी आक्रमणको त्रासले खाडी मुलुक सतर्क, युद्ध चर्किए ठूलो विनाशको चेतावनी

सोमवार, कार्तिक १७ २०८३०१:२५

अमेरिकामा मध्यावधि निर्वाचनको तयारी भइरहेका बेला खाडी अरब देशका अधिकारीहरूले बहराइनको राजधानी मनामास्थित रिट्ज कार्लटनमा भेटघाट गरेका छन्। उनीहरूको मुख्य चासो अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गर्न सक्ने सम्भावनातर्फ केन्द्रित रहेको *फाइनान्सियल टाइम्स*ले जनाएको छ।

पश्चिम एसियाका उच्च कूटनीतिज्ञहरूले अमेरिका र इरानबीच युद्धको नयाँ चरण सुरु भए यसअघिका द्वन्द्वभन्दा बढी विनाशकारी हुने चेतावनी दिएका छन्। यसले क्षेत्रीय अस्थिरता बढाउनुका साथै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत गम्भीर असर पार्न सक्ने उनीहरूको चिन्ता छ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले युद्धको दोस्रो चरण अझ खतरनाक र विनाशकारी हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, इरान समर्थित हुथी समूहले साउदी अरबलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि त्यहाँका विद्यालयमा अनलाइन तथा दूरशिक्षा अनिवार्य गरिएको छ। साउदी नेतृत्वको गठबन्धनले देशको दक्षिणी क्षेत्रतर्फ लक्षित ब्यालिस्टिक मिसाइल र एउटा ड्रोन निष्क्रिय पारेको जनाएको छ।

अमेरिकी मध्यावधि चुनावअघि अमेरिका र इरानबीच अन्तरिम सम्झौता गराउने प्रयासमा कतारले क्षेत्रीय मध्यस्थताको नेतृत्व गरिरहेको छ। शुक्रबार कतारी प्रतिनिधिमण्डलले तेहरान भ्रमण गरेपछि इरानी अधिकारीहरू मध्यस्थकर्तासँग वार्ताका लागि दोहामा समय बिताइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कूटनीतिक प्रयास जारी राख्न दबाब दिएको विवरण सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ३.३ प्रतिशतले घटेर प्रतिब्यारेल १०९.७ डलरमा झरेको छ।

तर, मंगलबार हुने अमेरिकी मध्यावधि चुनावपछि ट्रम्प र नेतन्याहूले इरानका आणविक तथा मिसाइल केन्द्र, विद्युत्गृह र अन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पार्न सक्ने आशङ्काले खाडी क्षेत्रमा चिन्ता बढेको छ।

इरानले त्यस्तो आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ। त्यसबाट खाडी क्षेत्रका विमानस्थल, ऊर्जा केन्द्र तथा समुद्री पानी प्रशोधन केन्द्रजस्ता नागरिक पूर्वाधार पुनः निशानामा पर्न सक्ने जोखिम रहेको खाडी मुलुकहरूको चिन्ता छ। यसले क्षेत्रीय लगानीकर्ता र पर्यटकको विश्वाससमेत कमजोर बनाउन सक्ने उनीहरूको आकलन छ।

संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले अमेरिका र इरानबीच सहमति हुन नसके सबैभन्दा खराब अवस्थाका लागि तयार रहनुपर्ने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij