२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

काठमाडौंको गेस्ट हाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

मंगलवार, कार्तिक ११ २०८३१०:२०

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्।

सशस्त्र प्रहरी बल नेपालका डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्ट हाउसबाट नियन्त्रणमा लिइएको हो।

गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १२० ग्राम ब्राउन सुगर बरामद गरेको थापाले जानकारी दिए।

प्रारम्भिक विवरणअनुसार उनीहरूले गेस्ट हाउसबाट ब्राउन सुगर बिक्री गर्दै आएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij