२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

चक्रवातको प्रभावले तीन दिन उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

मंगलवार, कार्तिक ११ २०८३१०:०९

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सोमबार सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको खाडीमा रहेको अर्नब चक्रवात थप शक्तिशाली बन्दै गएकाले तीन दिन सतर्कता अपनाउन आग्रह गरेको हो।

प्राधिकरणका अनुसार चक्रवातको प्रभावले कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने सम्भावना छ। यी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ। त्यसैले सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन र मौसमको अवस्थाबारे जानकारी लिइरहन सर्वसाधारणलाई आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij