२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

काठमाडौं उपत्यकाबाट २४ घण्टामा ११८ जना पक्राउ, ५१४ चालक कारबाहीमा

सोमवार, कार्तिक १० २०८३११:४८

काठमाडौं । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट ११८ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट दुई जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

यस्तै, सोही अवधिमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५१४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना, लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई जना, तीव्र गतिमा सवारी चलाउने ४० जना र रातो बत्ती उल्लंघन गर्ने २१ जना रहेका छन्।

बाँकी चालकलाई अन्य ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij