कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा स्थानीय २३ वर्षीया अस्मिता बोहोरा रहेकी छन्। आफ्नै घरमा लागूऔषधको कारोबार हुने गरेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा कोठाको दराजमाथि राखिएको कालो रङको लेडिज ब्यागभित्र ९ ग्राम २४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध तौल गर्न प्रयोग हुने एक थान डिजिटल तौल मेसिनसमेत बरामद गरेको छ। पक्राउ परेकी बोहोरालाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय, चन्द्रौटा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
युवराज भण्डारी
प्रतिक्रिया दिनुहोस