२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

धनुषामा श्रीमानद्वारा श्रीमतीको हत्या, त्यसपछि आत्महत्या; ४ वर्षीय छोरा गम्भीर घाइते

आइतवार, कार्तिक ९ २०८३१०:११

धनुषामा पारिवारिक विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। श्रीमती र छोरामाथि आक्रमण गरेपछि फरार भएका श्रीमान पनि झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुरालीमा शनिबार राति करिब ९ बजे विवाद हुँदा श्रीमानले श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले ३० वर्षीया श्रीमती रिना यादव र उनीहरूसँगै सुतेका ४ वर्षीय छोरा सम्राट यादवमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट रिनाको घटनास्थलमै मृत्यु भएको थियो भने छोरा गम्भीर घाइते भएका छन्।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्मा अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। बालकको दाहिने तिघ्रामा गहिरो चोट लागेको र स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट वारदातमा प्रयोग भएको चक्कुसमेत बरामद गरेको छ।

घटनापछि फरार भएका उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम सिर्सिया जाने बाटोछेउको आँपको रूखमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार राति खोजी गर्दा नभेटिएका उमेश बिहान मृत अवस्थामा फेला परेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij