२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

दाङमा दुई लाखभन्दा बढीका पटाकासहित अटो चालक पक्राउ

शुक्रवार, कार्तिक ७ २०८३०३:४४

दाङमा अवैध रूपमा ल्याइँदै गरेका विभिन्न प्रकारका पटाकासहित एक अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीमा बस्दै आएका २५ वर्षीय अनुभव अग्रवाल छन्।

अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमा पटाका ल्याउँदै गरेको अवस्थामा गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार बरामद गरिएका पटाकाको बजार मूल्य दुई लाख १० हजार १३६ रुपैयाँ बराबर रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij