२०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौंको धर्मस्थलीमा बस्दै आएका चन्द्र दमाई के.सी. पक्राउ परेका हुन्।
प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका उनी गत वर्षको आन्दोलनका क्रममा फरार भएका थिए।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका के.सी.लाई बुधबार पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
युवराज भण्डारी
प्रतिक्रिया दिनुहोस