२०८३, कार्तिक ४ गते

मंगलवार, कार्तिक ४ गते २०८३

कञ्चनपुरमा दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद, एक जना पक्राउ

सोमवार, कार्तिक ३ २०८३०२:४२

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको हो।

लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले चौधरीलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो।

त्यसपछि उनलाई महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएको थियो। प्रहरीले जनाएअनुसार आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा राखिएको खैरो हेरोइन फेला परेको हो।

बरामद लागुऔषधबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij