२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

कैलालीमा भन्सार छलीका २ लाख ४७ हजारका कपडासहित तीन जना पक्राउ

शुक्रवार, आश्विन ३० २०८३११:३३

कैलाली । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका करिब २ लाख ४७ हजार रुपैयाँ मूल्यका कपडासहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित बौनियाँ चोकबाट भजनी जाने सडकखण्डमा शंकास्पद रूपमा जाँच गर्ने क्रममा प्रहरीले कपडासहित अटो र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जानकी गाउँपालिका–५ बस्ने ३५ वर्षीय विपत राम चौधरीले चलाएको सुपप्र ००१ ह ४२५३ नम्बरको अटोमा भारतबाट भन्सार छली गरी ल्याइएका साना तथा ठूला सर्ट फेला परेका थिए।

बरामद कपडाको अनुमानित मूल्य २ लाख ४७ हजार १७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अटो चालक चौधरीसहित टीकापुर नगरपालिका–१ निवासी ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवर रहेका छन्।

इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाँबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेपछि बरामद कपडा, अटो र पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij