२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

नवलपरासीबाट भन्सार छली ल्याइएको १४ लाख ८४ हजारको मदिरा बरामद

बिहिवार, आश्विन २९ २०८३०३:१७

नवलपरासी । भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा नवलपरासीबाट करिब १५ लाख रुपैयाँ बराबरको मदिरा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार सीमावर्ती सुस्ता गाउँपालिका–५ स्थित महलबारीबाट ‘ओल्ड मङ्क’ ब्रान्डका ७४२ बोतल रम बरामद गरिएको हो।

७५० एमएलका उक्त रमको प्रतिबोतल २ हजार रुपैयाँका दरले कुल १४ लाख ८४ हजार रुपैयाँ मूल्य कायम गरिएको प्रहरीले जनाएको छ। बरामद मदिरा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा बेलाटारी र रामनगर प्रहरी चौकीको टोलीले ११ वटा ठूला झोलामा राखिएको मदिरा बरामद गरेको हो। मदिरा ओसारपसारमा संलग्न व्यक्ति भने फेला नपरेको डीएसपी थापाले जानकारी दिए।

चाडपर्व नजिकिएसँगै जिल्लाका सीमा नाकाबाट भारतबाट नेपालतर्फ मात्र नभई नवलपरासीबाट भारततर्फ पनि अवैध ओसारपसार बढेको स्थानीयले बताएका छन्।

यता, अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरीले सीमा नाकामा निगरानी बढाउनुका साथै गस्तीलाई तीव्रता दिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij