२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

बूढानीलकण्ठमा बरामद साढे २१ किलो सुन विमानस्थलबाटै भित्रिएको आशंका

बुधवार, आश्विन २८ २०८३०१:२१

काठमाडौं । बूढानीलकण्ठबाट बरामद भएको साढे २१ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको हुन सक्ने संकेत देखिएको छ ।

अनुसन्धानका क्रममा चिनियाँ नागरिकले भाडामा लिएको एउटा गाडी पटक–पटक विमानस्थल आउजाउ गरेको पाइएको छ । दैनिक ८ हजार रुपैयाँ भाडा तिर्ने गरी चिनियाँ नागरिकले असोज ११ गतेदेखि २५ गतेसम्मका लागि उक्त कार भाडामा लिएका थिए । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सो अवधिमा कार पाँच पटकसम्म विमानस्थल पुगेको देखिएको छ ।

“११ दिनको अवधिमा यो कार पाँच पटकसम्म विमानस्थलको पार्किङ एरियासम्म पुगेर आएको देखिन्छ,” ती अनुसन्धान अधिकृतले भने, “कारको शङ्कास्पद गतिविधिले पनि यो सुन हवाई मार्ग हुँदै आएको हुनुपर्ने हाम्रो विश्लेषण छ ।”

प्रहरीका अनुसार उक्त कार अहिले पक्राउ परेका चिनियाँ नागरिक हान फिईले भाडामा लिएका थिए । उनी असोज ११ गते काठमाडौं ओर्लिएलगत्तै रिकन्डिसन तथा रेन्टल हाउसबाट कार भाडामा लिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अनुसन्धानमा उक्त कार सुन ओसारपसारकै प्रयोजनका लागि भाडामा लिइएको हुन सक्ने देखिएको छ । सुन विमानस्थल हुँदै भित्रिएको आशंकासहित प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij