२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

तार्केश्वरमा हवाई फायर गरेर पक्राउ परेका मियाँको साथबाट ३०० ग्राम हेरोइन बरामद

बुधवार, आश्विन २८ २०८३१०:२८

काठमाडौँ । प्रहरीले काठमाडौँको तार्केश्वर नगरपालिका–४ मा दुई राउण्ड हवाई फायर गरेर पक्राउ गरेका व्यक्ति लागुऔषधका पटके कारोबारी रहेको खुलेको छ ।

मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले वीरगन्ज महानगरपालिका–३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराका अनुसार शङ्कास्पद अवस्थामा भेटिएका मियाँलाई चेकजाँच गर्न खोज्दा उनले प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेका थिए । त्यसपछि चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेर उनलाई पक्राउ गरिएको बोहराले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीको अनुसन्धानअनुसार मियाँले पछिल्लो तीन महिनादेखि भारतको रक्सौलबाट पाँच–छ पटक काठमाडौँमा खैरो हेरोइन ल्याएको खुलेको छ । प्रहरीले उनको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

एसएसपी बोहराले मियाँ खैरो हेरोइनको पटके कारोबारी रहेको बताए ।

उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त परिमाणमा खैरो हेरोइन बरामद भएको अवस्थामा लागू हुने कानुनी व्यवस्थाअनुसार १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij