२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

मुगुमा धारिलो हतियार प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपित पक्राउ

मंगलवार, आश्विन २७ २०८३०१:०९

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–५ मा धारिलो हतियार (खुँडा) प्रहारबाट ७५ वर्षीय धनवीर कामीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरमाथि खुँडा प्रहार गरेका थिए। गम्भीर घाइते भएका धनवीरको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनापछि फरार रहेका अजविरलाई प्रहरीले रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतक धनवीरको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij