२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

सिरहामा ५.५७ ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ

मंगलवार, आश्विन २७ २०८३१०:२९

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले ५.५७ ग्राम खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक धनगढीमाई नगरपालिका–१३, सिरहाका १९ वर्षीय सुरज यादवको साथबाट ५.५७ ग्राम खैरो हेरोइन फेला पारेको जनाएको छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका १९ वर्षीय श्यामबाबु कुमार यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै युवकलाई बरामद गरिएको खैरो हेरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij