२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट, पाँच जना पक्राउ

मंगलवार, आश्विन २७ २०८३१०:१४

धनगढी । कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा पाँच जना पक्राउ परेका छन्। घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आरोपितहरूले असोज २३ गते साँझ बेलौरी नगरपालिका–९ का १६ वर्षीय किशोरलाई स्थानीय खजुवा जंगलमा पुर्‍याएका थिए। त्यहाँ उनीहरूले खुकुरी देखाउँदै धाकधम्की दिनुका साथै किशोरमाथि कुटपिट गरेको प्रारम्भिक विवरण छ।

घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै पाँचै जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij