२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

रियाद विमानस्थलमा आक्रमणको घटनाप्रति नेपालको भर्त्सना

सोमवार, आश्विन २६ २०८३०८:०१

काठमाडौं । नेपालले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणको भर्त्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेको हो ।

“रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणबाट धेरैको ज्यान गएको र धेरै घाइते भएको घटनाप्रति नेपाल सरकार घोर भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

“कुनै पनि बहानामा नागरिक र सार्वजनिक पूर्वाधारहरूलाई निशाना बनाउनु हुँदैन । नेपाल सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन तथा विवाद र द्वन्द्वको शान्तिपूर्ण समाधानका उपायहरू अवलम्बन गर्न आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपालले साउदी सरकार र जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij