२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

पूर्वप्रधानन्यायाधीश जबरा सहित निकटस्थका घरमा सम्पत्ति शुद्धीकरणको छापा

बुधवार, आश्विन २१ २०८३०३:२८

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनी निकट केही व्यक्ति तथा आफन्तका घरमा छापा मारेको छ।

विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छापा मारेको हो। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि टोली पुगेको स्रोतले जनाएको छ।

छापाका क्रममा जबरा निकट व्यक्तिका घरबाट महत्वपूर्ण कागजातहरू बरामद गरिएको स्रोतको दाबी छ।

घटनाबारे विभागबाट भने औपचारिक विवरण सार्वजनिक भइसकेको छैन।

यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट मध्यराति पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा लिएपछि छाडेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij