२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

बैंकिङ कसुर मुद्दामा किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ कारागार चलान

शुक्रवार, आश्विन २ २०८३०५:३३

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो । तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

तामाङविरुद्ध १० वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको खुलेको छ । उनीविरुद्ध विभिन्न बैंकिङ कारोबारमा अनियमितता भएको आरोपमा मुद्दा दायर भएको बताइएको छ ।

रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले गरेको छलफलमा सहभागी भएर फर्किने क्रममा तामाङ पक्राउ परेका थिए । प्रधानमन्त्रीसँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले २२ लाख रुपैयाँ धरौटी माग गरे पनि रकम बुझाउन नसकेपछि अदालतको आदेशअनुसार तामाङलाई कारागार चलान गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij