दाङको घोराही–१७ का २२ वर्षीय वसन्त कालाथोकीको काठमाडौंको शंखमूलस्थित होस्टलमा धारिलो हतियार प्रहार गरी हत्या भएको खबर सुनेपछि उनकी ३८ वर्षीया आमा बिना कालाथोकीको पनि मृत्यु भएको छ।
विदेश जाने तयारीमा काठमाडौंमा बसेर अध्ययन गरिरहेका वसन्तको दुई दिनअघि हत्या भएको थियो। छोराको मृत्युको खबर सुनेपछि घरमा रहेकी आमाको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
मलेसियामा रहेका वसन्तका बुबा रोमहर्श कालाथोकी सोमबार स्वदेश फर्कँदै छन्। आमाको शव घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने वसन्तको शव काठमाडौंमा छ।
वसन्तको हत्या आरोपमा होस्टलमै बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव पक्राउ परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस